NEPAL POLICE SCHOOL

Dharan-13, Sunsari
9852090162 | principalnpsdharan@gmail.com

आदरणीय अभिभावकज्यू तथा विद्यार्थीहरूमा सादर नमस्कार !

नेपाल प्रहरीको कल्याणकारी कार्यक्रम अन्तर्गत सञ्चालित नेपाल पुलिस स्कुल धरान, सुनसरीमा शैक्षिक सत्र २०८३ का लागि राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ को व्यवस्थापन संकायमा नयाँ भर्ना खुलेको जानकारी गराइन्छ । प्रहरी कर्मचारीका सन्ततिलाई ६०% र सर्वसाधारण नागरिकका सन्ततिलाई ४०% सिट अनुपात सुरक्षित गरिएको छ ।

फारम भर्नको लागि दिइएको लिंक https://nepal-police-dharan.brightschool.com.np/admission/nps मा इन्टर गरी आवेदन दर्ता गर्न सक्नु हुनेछ ।

सर्वप्रथम तल दिइएको सूचना अध्ययन गरी Accept and Continue मा Click गरी आवेदन फारम भर्न सक्नु हुनेछ ।

फारम भर्दा सबै विवरण उपयुक्त तरिकाले भरी Submit गरेपछि विद्यार्थीका लागि identity number “Application ID” प्राप्त हुनेछ । सो नम्बर टिपेर तुरुन्त Pay गर्नका लागि Pay Now option मा Click गरी QR Payment वा Bank Deposit गर्न सकिनेछ ।

Bank Deposit option प्रयोग गर्दा

Bank Deposit गर्नका लागि विद्यालयको दिइएको खातामा रू. २५०/- जम्मा गरेको भौचरको फोटो Upload गर्नुपर्नेछ । अथवा QR scan गरी मोबाइलबाट गरिएको भुक्तानीको Screenshot पनि राख्न सकिनेछ ।

नोटः QR scan बाट भुक्तानी गर्दा remarks मा विद्यार्थीको नाम र भर्ना हुन चाहेको कक्षा अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।
छात्रवृत्ति सुविधाहरुः
  • यस विद्यालयबाट SEE पास भएका विद्यार्थीहरुलाई भर्ना शुल्कमा १००% (शत प्रतिशत) छुट
  • अन्य विद्यालयबाट SEE पास भएका विद्यार्थीहरुलाई भर्ना शुल्कमा ४०% छुट
  • प्रवेश परीक्षामा प्रथम हुने विद्यार्थीलाई भर्ना शुल्कमा १००% (शत प्रतिशत) छुट
  • SEE मा GPA ३.६० - ४.०० ल्याई उत्तीर्ण भएका विद्यार्थीहरुलाई मासिक शुल्कमा १०% छुट
फारम भर्नका लागि आवश्यक कागजातहरू
  • विद्यार्थीको पासपोर्ट साइजको फोटो (डिजिटल प्रति) १ प्रति
  • जन्म दर्ता प्रमाणपत्र
  • SEE परीक्षाको लब्धाङ्कपत्र (Grade Sheet) को प्रतिलिपि
  • बहालवाला प्रहरी कर्मचारीको हकमा कार्यरत कार्यालयबाट दर्जा खुलेको सिफारिस पत्र
  • अवकाश प्राप्त तथा अमर प्रहरी कर्मचारीका सन्ततिको हकमा पेन्सन पट्टा प्रतिलिपि
  • रित नपुगी Online दर्ता भएका आवेदन फारम मान्य हुने छैन
  • Online दर्तामा आवश्यक कागजात Upload गर्न समस्या आएमा nepalpoliceschooldharan45@gmail.com मा मेल वा ९८०७३९८७७० मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

Online दर्ता अवधि: २०८३ वैशाख ३० गतेदेखि जेष्ठ १० गते १६:०० बजेसम्म
प्रवेश परीक्षा: २०८३ जेष्ठ १२ गते दिउँसो १३:३० बजे
प्रवेश परीक्षा हुने स्थान: नेपाल पुलिस स्कुल धरान-१३, सुनसरी
नतिजा प्रकाशन: २०८३ जेष्ठ १३ गते (Facebook: Nepal Police School Dharan)
अन्तर्वार्ता र भर्ना: २०८३ जेष्ठ १४ र १५ गते (१०:०० देखि १६:०० बजेसम्म)
थप जानकारीका लागि:
सम्पर्क: ९८५२०५६३७५, ९८५२०९०१६२, ९८५२०३०९६८
शुल्क सम्बन्धमा: ९८४२४८३८८२ | फारम सम्बन्धमा: ९८०७३९८७७०