आदरणीय अभिभावकज्यू तथा विद्यार्थीहरुमा सादर नमस्कार !
सर्वप्रथम तल दिएको सूचना अध्ययन गरि Accept and Continue मा Click गरि आवेदन फारम भर्न सक्नु हुनेछ ।
फारम भर्दा सबै विवरण उपयुक्त तवरले भरेर submit गरेपछि विद्यार्थीका लागि identity number “Application ID” प्राप्त हुनेछ र सो नम्बर टिपेर तुरुन्त Pay गर्नका लागि Pay Now option click गरी QR Payment वा Bank Deposit गर्न सकिने छ ।
Bank Deposit option प्रयोग गर्दा
Bank Deposit गर्नका लागि विद्यालयको दिइएको खातामा रू.२५०/- जम्मा गरेको भौचरको फोटो अपलोड गर्नुपर्नेछ । अथवा QR scan गरी मोबाइलबाट गरिएको भुक्तानीको screen shot पनि राख्न सकिनेछ ।
नोटः- QR scan बाट भुक्तानी गर्दा remarks मा विद्यार्थीको नाम र भर्ना हुन चाहेको कक्षा र संकाय अनिवार्य रूपमा भर्नु पर्नेछपछि pay गर्नका लागि
Application ID प्राप्त गरिसकेपछि दिइएको link मा click गरी आएको window मा payment option मा click गरेर माथि उल्लेखित प्रक्रिया follow गर्न सकिनेछ ।
विद्यालयबाट कागजातहरु रुजु गरी स्वीकृत भएपश्चात e-mail मार्फत प्रवेश पत्र पठाइने भएकाले आधिकारिक e-mail र मोबाईल नम्बर राख्नु हुन अनुरोध गरिन्छ । त्यस्तै दिइएको Link मा गई identity number “Application ID” र विद्यार्थीको जन्म मिति राखेर पनि प्रवेश पत्र प्राप्त गर्न सकिनेछ ।
SYLLABUS का लागि download बटनमा Click गरी आफूले भर्ना हुन चाहेको कक्षाको पाठ्यक्रम (Syllabus) प्राप्त गर्न सक्नुहुनेछ ।
फारम भर्नको लागि आवश्यक कागजपत्रहरू
- SEE परीक्षाको लब्धाङ्कपत्रको प्रतिलिपी
- अभिभावकको फोटो १ प्रति (प्रहरी कर्मचारीको हकमा युनिफर्म सहितको फोटो)
- बहालवाला प्रहरी कर्मचारीको हकमा कार्यरत कार्यालयबाट दर्जा खुलेको सिफारिस पत्र
- अवकास प्राप्त र अमर प्रहरी कर्मचारीको सन्ततिको हकमा पेन्सन पट्टा
- रित नपुगि Online दर्ता भएका आवेदन फारम मान्य हुनेछैन ।
- यस विद्यालयबाट SEE पास भएका विद्यार्थीहरुलाई भर्ना शुल्कमा १००(सय) प्रतिशत छुट दिने ।
- अन्य विद्यालयबाट SEE पास भएका विद्यार्थीहरुलाई भर्ना शुल्कमा ४० प्रतिशत छुट दिने ।
- प्रवेश परीक्षामा प्रथम हुने विद्यार्थीलाई भर्ना शुल्कमा १००(सय) प्रतिशत छुट दिने ।
- SEE मा A रिजल्ट ल्याई पास भएका विद्यार्थीहरुलाई मासिक शुल्कमा १०(दश) प्रतिशत छुट दिने ।
- पहिलो भर्ना हुने १० जना विद्यार्थीहरुलाई पुस्तकालयबाट पुस्तक उपलब्ध गराउने ।
प्रवेश परीक्षाः २०८२ असार २३,गते बिहान १३:३० बजे।
प्रवेश परीक्षा हुने स्थान: NEPAL POLICE SCHOOL DHARAN
अन्तरवार्ता तथा भर्ना::२०८२ असार २४ गते , बिहान १०:०० बजेदेखि १६:०० सम्म|